धनगढी । धनगढीमा श्रीमतीकाे हत्या गरेर भागेका डम्मरराज जाेशीलाई पक्राउ गरिएको छ ।

जाेशीलाई बाँकेकाे  राप्तीसाेनारी गाउँपालिकाकाे शमशेरगञ्जबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार बाँके प्रहरीकाे सहयाेगमा जाेशीलाई पक्राउ गरिएको हाे । उनले धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति अन्दाजी ३० वर्षीय श्रीमती सरस्वती अवस्थी जाेशीकाे हत्या गरेका थिए । हत्या लगत्तै फरार भएका थिए ।

जाेशीले श्रीमतीकाे टाउकाेमा धारिलाे हतियार प्रहार गरि हत्या गरेकाे पाइएकाे छ । उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।