धनगढी । सुदूरपश्चिम प्रदेशमा करीब ५१ प्रतिशत मत खसेकाे छ । बिहीबार बिहान ७ बजेदेखि भएकाे मतदान अन्तरगत प्रदेशभर ५० दशमलव  ९ प्रतिशत मत खसेकाे निर्वाचन आयाेगले जनाएको छ ।

आयाेगकाअनुसार कूल आठ लाख ७४ हजार १७७ मत खसेकाे छ ।

१६ क्षेत्रमा रहेकाे सुदूरपश्चिममा कुल १७ लाख १६ हजार ६६० मतदाता थिए । उनीहरू मध्ये ५० प्रतिशतले मतदान गरे ।

पाँच निर्वाचन क्षेत्र रहेकाे कैलालीमा  ५५ प्रतिशत मतदान भएको छ । बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल पाँच लाख ५१ हजार ५२ मतदाता मध्ये  जिल्लाभर कूल ३ लाख ५ हजार १ सय २२ मत खसेको छ ।जुन कुल मतदाताको ५५.३७ प्रतिशत हो।

एक लाख ६२ हजार ५१,  एक लाख ४३ हजार ६७ र चार जना अन्यले मतदान गरेका छन् । क्षेत्र नं. १ मा ५४.४३ मत खसेकाे छ ।

याे क्षेत्रमा कूल एक लाख ८ ४९१ मतदाता थिए ।उनीहरू मध्ये  ५९ हजार ६१ जनाले मतदान गरे ।
क्षेत्र नं. २ मा ५६ हजार ७७० मत खसेकाे छ । याे कूल एक लाख ७ हजार ७५७ काे ५२.६८ प्रतिशत हाे । क्षेत्र नं. ३ मा भने ५५.२५ प्रतिशत मत खसेकाे छ ।

कूल एक लाख ९ हजार १२२ मतदाता मध्ये ६० हजार २९४ जनाले मतदान गरेका छन् । क्षेत्र नं. ४ मा ५४.७४ प्रतिशत मत खसेकाे छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेकाे छ ।

क्षेत्र नं. ५ मा भने सबैभन्दा धेरै ५९.६७ प्रतिशत मत खसेकाे छ । एक लाख १० हजार ५३९ मध्ये ६५ हजार ९६३ मत खसेकाे छ । अहिले मतपेटिका मतगणना स्थल सम्म पुगाउने काम जारी छ ।

मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले बताए ।

उनकाअनुसार सर्वदलीय बैठककाे निर्णयअनुसार गणना गर्ने समय निर्धारण गरिनेछ । कञ्चनपुरमा भने ५८ प्रतिशत मतदान भएको छ । प्रदेश निर्वाचन कार्यालयले ३ वटै निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका जनाएको छ ।

सबैभन्दा बढि क्षेत्र नं. १ मा ६०.४ प्रतिशत मत खसेकाे छ ।
१ लाख १ हजार ७२४ मतदाता रहेकाेमा ६१ हजार ७४ जनाले मतदान गरेका छन् ।

क्षेत्र नं. २ मा ५९.३१ अथात् ६४ हजार ८८१ मत खसेको छ । याे क्षेत्रमा  एक लाख ९ हजार ५७४ मतदाता छन् ।  क्षेत्र नं. ३ मा ५८ हजार ३६१ मत खसेको छ ।बैतडीमा ४६ प्रतिशत मत खसेकाे छ ।

निर्वाचन कार्यालयकाअनुसार ३९ हजार ६८० महिला, ३२ हजार २०३ पुरुष र १ अन्यगरी ७१ हजार ८८४ मत खसेको हो ।यो जिल्लाको कुल मतदाताको ४५.९६ प्रतिशत हो ।जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् ।

दार्चुला ४९ हजार ९६८ मत खसेकाे छ । याे कूल मतदाता ९२ हजार ९४८ काे ५३.७ प्रतिशत हाे । यस्तै डडेल्धुरामा ४५ हजार ९०९ जनाले मतदान गरेका छन् । जुन
९३ हजार ४०३ काे ४९.१५ प्रतिशत हाे ।

बझाङमा भने ५८ हजार ९४४ मत खसेकाे छ । याे कूल मतदाताकाे ४६.४ प्रतिशत हाे । यहाँ एक लाख २६ हजार ९०३ मतदाता छन् ।

बाजुरामा भने ५२.६ प्रतिशत मत खसेकाे छ । निर्वाचन आयाेगकाअनुसार यहाँ कूल ८७ हजार ७६१ मतदाता छन् भने ४६ हजार २३२ मत खरेकाे छ ।अछामका दुवै क्षेत्रमा  ६४ हजार ७८० मत खसेकाे छ । याे कूल मतकाे ३९.१ प्रतिशत हाे ।

डाेटीमा  ५२ हजार ४८५ मत खसेकाे छ । याे कूल एक लाख २८ हजार ३९९ मतदाताकाे <span;>४०.८७ प्रतिशत हाे ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले प्रदेशभर शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको बताए ।

दार्चुलाका दुई मतदान केन्द्रमा मतदान भएन भने अन्य सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । विगतका चुनावमा प्राय कुनै न कुनै हिंसात्मक घटना व्यहोर्नुपर्ने बाजुरामा समेत निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको छ ।

प्रदेशका १६ क्षेत्रमै अहिले मतपेटिका संकलनकाे कार्य चलिरहेकाे छ । त्यसपछि बस्ने सर्वदलीय बैठकले गर्न निर्णयका आधारमा मतगणनाकाे काम अघि बढ्नेछ ।