तराईका विभिन्न जिल्लामा यस वर्ष होलिका दहन मंगलबार परेको विषयलाई लिएर स्थानीय समुदायमा चर्चा बढेको छ। परम्परागत विश्वासअनुसार तराई क्षेत्रका धेरै समुदायमा मंगलबार होली (होलिका दहन) जलाउनु अशुभ मानिने चलन रहेको छ।
धार्मिक–सांस्कृतिक मान्यताअनुसार मंगलबारलाई “मंगल” ग्रहसँग सम्बन्धित संवेदनशील दिन मानिन्छ। आगो (दहन) र मंगलबारको संयोजनलाई केहीले राम्रो संकेत नमान्ने भएकाले यस विषयमा चासो देखिएको हो।
यद्यपि होली पर्व Holi फागुन शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले पञ्चाङ्गमा परेको तिथिअनुसार नै होलिका दहन गरिने परम्परा पनि उत्तिकै बलियो छ। केही स्थानमा भने समुदायको सहमतिअनुसार समय मिलाएर वा वैकल्पिक दिनमा दहन गर्ने अभ्याससमेत रहेको छ। तर खख्डेहरा भने पुर्णिमाको अठौ दिन (फागुन२६ गते)मा नै मनाउने बताएका छन
स्थानीय अगुवा तथा जानकारहरूले धार्मिक विश्वासप्रति सम्मान जनाउँदै आपसी समझदारी र सामाजिक सद्भाव कायम राखेर पर्व मनाउन आग्रह गरेका छन्। होलीलाई आपसी मेलमिलाप, भाइचाराको प्रतीकका रूपमा हर्षोल्लासका साथ मनाउनुपर्नेमा उनीहरूको जोड छ।