महेन्द्रनगर। नेपाली कांग्रेसका  नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले एकल महिलाहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आयोजित एकल महिलाहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। `एकल महिलाहरूका समस्या, पीडा मैले बुझेको छु, वर्तमानकाे भत्ता जीवनयापनका लागि पर्याप्त छैन, त्यसैले यसलाई बढाउन आवश्यक पहल गर्नेछु,´ उनले भने। साउदले आर्थिक रूपमा कमजोर अवस्थाका एकल महिलाहरूका लागि सामूहिक आवास निर्माण गर्ने बताए। भेटघाट कार्यक्रममा सहभागी एकल महिलाहरूले रोजगारी, स्वास्थ्य सेवा, आवास तथा सामाजिक सुरक्षासम्बन्धी आफ्ना माग राखेका थिए।