नरेश राना / लालझाडी

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ स्थित ईटहा चारपाते युवा क्लबको खेलमैदानमा जारी ७औँ ICYC कप फुटबल प्रतियोगिताको तेस्रो दिनका खेलहरू सम्पन्न भएका छन्।

तेस्रो दिनको पहिलो खेल KFC दोधारा र गन्तव्य सुधार गृहबीच तय भएको थियो। तर KFC दोधारा अनुपस्थित भएपछि गन्तव्य सुधार गृह वाकओभरमार्फत विजयी भएको आयोजकले जनाएको छ।

दोस्रो खेल संघर्ष युवा क्लब अत्तरिया र अंकित अटो सर्विस जाईबीच भएको थियो। उक्त खेलमा संघर्ष युवा क्लब अत्तरिया १०–० को फराकिलो अन्तरले विजयी भएको छ। यस खेलमा संगम सरु मगर म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेल ICYC येलो र BYC तेघरीबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा BYC तेघरीले २–० गोल अन्तरले जित हात पारेको छ। उक्त खेलमा समीर कार्की म्यान अफ द म्याच बने।

आयोजकका अनुसार प्रतियोगिताको उपाधि विजेताले नगद रु. १,३१,१३१, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ७१,१७१ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

भोलिका खेलहरू (मिति: २०८२/१०/१६)

पहिलो खेल:

नवज्योति युवा क्लब कृष्णपुर–२ बाणी vs सम्पूर्ण फुटबल क्लब कृष्णपुर–६ गुलरिया

दोस्रो खेल:

SSDO सुन्दरपुर बेटकोट vs नेपाल पुलिस क्लब सुदूरपश्चिम