कैलाली,। कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीमा पुगेर उनले आज औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै रानाले जनताको हकहित, विकास र सुशासनलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। उनले आफू कुनै दलको दबाबमा नरही स्वतन्त्र रूपमा जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा कृषिको प्रवर्द्धन आफ्नो प्रमुख एजेन्डा रहेको रानाको भनाइ छ। क्षेत्रका नागरिकहरूले स्वतन्त्र उम्मेदवारप्रति देखाएको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उनले उल्लेख गरे।
कैलाली क्षेत्र नं. ५ मा ठुला राजनैतिक पार्टीहरुले रानाथारु समुदायकालाई हेपेर टिकट नदिएकाे बेला स्वतन्त्र उम्मेदवारको रूपमा प्यारेलाल रानााले उमेदवारि दर्ता गराएका हुन