नरेश राना / कञ्चनपुर

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. १ डाँडा बीचबा स्थित बिनबरी कृषि बहुउद्देश्य सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष बलराम रानाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा लालझाडी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्यारे लाल राना रहनु भएको थियो। त्यस्तै, विशिष्ट अतिथिमा लालझाडी साकोस (सा. मिल) का सदस्य हंस राम राना तथा नन्देश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झेल सिंह राना रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुक राम रानाले राख्नु भएको थियो। सभामा संस्थाको आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बलराम रानाले चालु आर्थिक वर्षमा संस्थाले जम्मा ५३ लाख ५४ हजार ६७६ रुपैयाँ ५९ पैसाको कारोबार गरेको जानकारी गराउनु भयो।

वक्ताहरूले सहकारी संस्थाले स्थानीय किसान तथा समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सहकारीको सेवा र गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो।

कार्यक्रमको सञ्चालन शिक्षक श्री मुन्सी रानाले गर्नु भएको थियो।

सेयर कर दियो ।