सुप प्रदेश स्तरीय गायन विधाको प्रतियोगिता एसईई आइडलमा शीर्ष प्रायोजकका रुपमा धनगढी क्याम्पस रोड स्थीत एरिस्टो इ बो. स्कुल जोडिएको छ ।


एसईई आइडलको चालू पाँचौं संस्करणमा एरिष्टो जोडिए पछि एसईई आइडल अब एरिस्टो एसईई आइडल बनेको छ । एसईई आइडलमा यस बर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउने छन् भने यस प्रतियोगिताको छनोट चरण यस बर्षको फाल्गुण सम्म आयोजना हुनेछ भने सेमिफाइल २०८३ बैशाख र २०८२ को असार फाइनल आयोजना हुनेछ ।


विजेता र उपविजेताले जनही क्रमश: ७५ हजार र ३० हजार हात पार्नेछन् भने विजेता र उपविजेता दुवैले कक्षा ११-१२ नि:शुल्क पढ्न पाउनेछन् भने म्युजिक भिडियोमा स्वर भर्ने अवसर पाउनेछन् ।
धनगढी क्याम्पस रोडमा रहेको एरिस्टोमा प्ले ग्रुप देखि कक्षा ११/१२ सम्म पढाइ हुने गरेको छ ।







