सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार किसानलाई प्रोत्साहनस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पनि उपलब्ध निर्णय गरेको छ।विगतदेखि वर्षदेखि नै किसानलाई उपलब्ध गराउँदै आइरहेको अनुदान रकम अघिल्लो आर्थिक वर्षमा सरकारले प्रति क्विन्टल रु ७० रुपैयाँबाट घटाएर रु ३५ रुपैयाँ सीमित गरेको अनुदान पुन यस आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरेपछि उखु किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।







