नरेश राना / लालझाडी  । कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) बाट सञ्चालन भई रहेको समावेशी तथा गुणस्तरिय परियोजनाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।शिविर मंसिर ८ गते लालझाडी गाउँपालिका वडा नम्बर ३ मा रहेको आधारभूत अस्पताल नन्दगाउँमा सञ्चालन हुने भएको हो। शिविरमा शारीरिक अपाङ्गता, आँखा तथा कानसम्बन्धी अपाङ्गता पहिचान र स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।स्वास्थ्य चेकजाँच शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने गाउँपालिकले जारी गरेको सूचनामा उल्लेख गरेको छ। शिविरमा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दालाई समेत स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ।