सरकारद्वारा ‘जेन-जी’ आन्दोलनका मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

३१ भाद्र २०८२, मंगलवार
सरकारद्वारा ‘जेन-जी’ आन्दोलनका मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं- सरकारले ‘जेन-जी’ आन्दोलनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका छन् । यस क्रममा सशस्त्र प्रहरीले हंसमण्डपबाट सलामी अर्पण गरेको थियो । यसअघि त्रिवि शिक्षण अस्पतालबाट आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।

सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । साथै, उनीहरूको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio