महेन्द्रनगर । कञ्चनपुरको बल्मा नदीमा वेपत्ता भएका बेदकोट नगरपालिका १० का बर्ष २० का बलभद्र राना फेला परेका छन् ।
बुधवार विहान करिव ८ः ३० बजे उनि हाम फालेको २५० मिटर पूर्व मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनि मंगलवार नदीको साईपनमा हाम फालेर बेपत्ता भएका थिए ।

दैजि कञ्चनपुरबाट प्रहरी नायव निरिक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली, प्रहरी नायव उपरिक्षक सागर बोहराको कमाण्डमा १२ जनाको प्रहरी टोली र विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरबाट ६ जनाको प्रहरी टोली खटिएर खोजतलास कार्य भएको थियो ।