कृष्णपुर : कञ्चनपुर जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको मार्च पासमा कृष्णपुर नगरपालिका कृष्णपुर नगरपालिका प्रथम भएको छ।
शुक्रबार शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा भएको मार्च पासमा कृष्णपुर नगरपालिका प्रथम भएको हो।
मार्च पासतर्फ बेलडाँडी गाउँपालिका दोस्रो र बेदकोट नगरपालिका तेस्रो भएको छ।मार्च पासमा कञ्चनपुरका ९ वटै पालिकाहरुको सहभागिता रहेको थियो।
यसैगरी, लङजम्ममा कृष्णपुरकी छात्रा कृतिका चौधरी प्रथम, नविन जोशी तेस्रो, डम्मरी बोहरा तेस्रो, कबड्डीमा र भलिबलमा छात्र र छात्रातर्फ १ खेल जित्न सफल भएको छ।






