नरेश राना /कञ्चनपुर
बाँकेमा बिवाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । कैलालीको टिकापुर नगरपालिका–७ सतिगाँउ घर भएकी बेहुली बिवाहकै दिन बेहुलाको घर भित्रिएपछी फरार भएको बेहुलाका बुवा बिरेन्द्र गम्वाले जानकारी दिनुभयो । बेहुली बनेकी सम्मी चौधरीको फाल्गुन १० गते बाँकेको बैजनाथ गाउँपालीका–८ शक्तिनगरका बनिलाल गम्वा सँग बिवाह भएको थियो । विवाह हुनु भन्दा ३ दिन अघि फाल्गुन ७ गते नै बेहुलाको घर पुगेकी चौधरी फाल्गुन १० बिवाह गरेर सोही दिन राती फरार भएको बेहुलाका बुवा बिरेन्द्र गम्वाले बताउनुभयो । सोही दिन गम्बा परिवारमा अर्को बिवाह समेत थियो । बिहेकै राती बेहुली फरार भएपछी इलाका प्रहरी कार्यालय कोहलपुरमा निबेदन दिएको उहाँले बताउनुभयो ।

यस्तै कञ्चनपुरको लालझाडी गाउँपालीका –४ पर्सियामा बेहुला बेपत्ता भएपछि विवाह स्थगित भएको छ । फागुन ४ गते तय गरिएको बिवाहका दीपकराज राना बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो।

रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो। विवाहको सबै तयारी सहित निम्तो समेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्क विहीन भएको दुलहाका दाजु लोकराज रानाले जानकारी दिए ।






