धनगढी । २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०८१ को अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान मुल नारा
आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सव कार्यक्रममा कैलालीका कमल सिं रानालाई सम्मान गरेको छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट बर्सेनि प्रदान गरिने प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, २०८१ मा तराई तथा मधेश क्षेत्रवाट रानाथारू भाषाका लेखक तथा अनुसन्धाता भनेर कमलसिं राना लाई प्रदान गरेको हो। प्रतिष्ठानले कार्यक्रमका प्रमुख अतिथी संस्कृति पर्यटन मन्त्री बद्री पाण्डेबाट राना लाई एक लाख राशिको पुरस्कार सहित नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गरेको छ ।

सृजनाका माध्यमबाट नेपालका तराई तथा मधेस क्षेत्रमा बोलिने मातृभाषा (रानाथारू) साहित्यको समृद्धिमा पुऱ्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै रानालाई सम्मान गरेको कुलपति भूपाल राईले बताए ।