कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षिय बालिकाको बलत्कार भएको छ् । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ मा आफ्नै काकाले १३ वर्षिया बालिकाको बलत्कार गरेका हुन् ।

स्केटिङ् खेलाउन लग्ने बहानामा गत कात्तिक १४ गते आफ्नै ३३ वर्षिय काकाले १३ वर्षिया भतिजीको बलत्कार गरेका थिए । उक्त घटना घटेको दुई दिनपछि बालिकाकी आमाले जाहेरी गरेपछि कात्तिक १६ गते नै काका प्रकाउ परेका हुन् । किशोरीले आफ्नो काकाले बलत्कार गरेपछि सहयोगका लागि सामाजिक सञ्जालमा आएर अपिल समेत गरेकी थिइन् भने, उक्त भिडियो पुष महिनामा आएर भाइरल भएको छ् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेशराज जोशीले घटना स्थलमा अपराधीको घडी समेत फेला परेको बताएका छन् । ‘बालिकाको आमाले उजुरी गरेपछि उजुरी गरेकै दिन अपराधीलाई प्रकाउ गरिएको थियो, उनले भने, ‘अहिले अदालतिय प्रकिया सुरु भएको छ् ।’
डिएसपी जोशीका अनुसार बालिकालाई उपचारका लागि धनगढीको सेती अञ्चल अस्पतालमा लगिएको थियो भने, अस्ति मात्रै अस्पतालबाट घर रिफर गरिएको छ् । बालिकालाई सेबहाउसमा राख्ने व्यवस्था समेत भइरहेको डिएसपी जोशीले बताएका छन् ।






