कञ्चनपुर: कृष्णपुर नगरपालिका नगर कार्यापालिकाको कार्यालय महिला तथा बालबालिका शाखा गुलरियाको आयोजनामा मंगलबार नगरपालिकाको सभाहलमा आयोजित ३३ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस सम्पन्न गरिएको छ। कृष्णपुर अपांगता समन्वय समिती अध्यक्ष तथा नगर उप-प्रमुख द्रोपती रानाको सभाअध्यक्षता, नगर प्रमुख हेम राज ओझाको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेय, कार्यापालिका सदस्य, महिला तथा बालबालिका शाखा प्रमुख माला गौतम लगायतको उपस्थिति रहेको थियो। 

कृष्णपुर नगरपालिकाले अशक्त व्यक्तिहरुलाई निःशुल्क व्हील चेयर,  छ्डी लगायतका सहायक सामाग्री वितरण गरेको हो। साथी सस्था एन.एन एस डब्लु ए निडस नेपाल सस्थाको सहकार्यमा कार्यक्रम मनाईएको हो। कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा का चन्द्रा तिमिल्सिनाले गरेकी थिईन। कृष्णपुर कै ९ वटै वडाका अपांग व्यक्तिहरुको उपस्थिति रहेको थियो। अपाङ्ग व्यक्तिको स्वास्थ्य चेकजाच समेत गरिएको थियो। कृष्णपुरले स्थानीय अपांग व्यक्तिहरुको स्वास्थ सुविधामा विशेष ख्याल राख्ने, आवश्यक सहायक सामाग्री हस्तान्तरण गरेको विभिन्न जिविकोपार्जनका कार्यक्रम मा सहयोग गर्ने नगर प्रमुख हेम राज ओझाले बताएका छन्।