कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश चन्द निर्वाचित हुनु भएको छ । उहाँले १ हजार १ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७  मत प्राप्त गर्नुभयो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुशील कुमार भट्टले ३६९ मत प्राप्त गर्नुभयो ।

२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो ।

शान्ति निकेतन माविमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदान कार्यक्रम अन्तर्गत ५५ दशमलव ०४ प्रतिशत मतदाताले मात्रै मतदान गर्नुभएको थियोे । कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । ती मध्ये २ हजार ९ सय ९१ जनाले मात्रै मतदान गर्नुभएको हो । वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उम्मेदवारहरूले प्राप्त गरेको अन्तिम मत परिणाम यस्तो छ ।

बहादुर चन्द (चुनाव चिन्ह : सूर्य)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

४८७

प्रकाश चन्द (चुनाव चिन्ह : रुख)

नेपाली काँग्रेस

११०७

नाना राम कोली (चुनाव चिन्ह : हँसिया हथौडा)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१२२

राम दत्त भट्ट (चुनाव चिन्ह : घण्टी)

राष्ट्रिय स्वतन्त्र पार्टी

२१८

सुशील कुमार भट्ट (चुनाव चिन्ह : हलो)

राष्ट्रिय प्रजातन्त्र पार्टी

३६९

यादव बहादुर चन्द (चुनाव चिन्ह : माइक)

जनमत पार्टी

जितेन्द्र बहादुर चन्द (चुनाव चिन्ह : कलम)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

२२५

हरिष डगौरा (चुनाव चिन्ह : ढकिया)

नागरिक उन्मुक्ति पार्टी

१२७

दल बहादुर बोहरा (चुनाव चिन्ह : मादल)

नेपाल मजदुर किसान पार्टी

१२

दिल बहादुर धामी (चुनाव चिन्ह : तीर)

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

२४

थानेश्वर लेखक (चुनाव चिन्ह : सिलिन्डर)

स्वतन्त्र

१४२

युवराज चन्द (चुनाव चिन्ह : हात मिलाएको)

स्वतन्त्र

९९