नरेश राना/कञ्चनपुर: कञ्चनपुर को लालझाडी गाउँपालिकामा सबै वडामा निड्स नेपाल संस्था द्वारा रिप्लेक्ट क्लास सम्पन्न भएको छ। आर्थिक विकास मार्फत विपत जोखिम व्यवस्थापक निडस नेपाल, Mercy crops,परियोजना को संयुक्त साझेदारीमा कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रम लाई लालझाडी गाउँपालिका ले सहयोग गरेका थिए।





परियोजना ले लालझाडी गाउँपालिका मा विभिन्न किसिमका कार्यक्रम गरेको निडस नेपाल कि सहजकर्ता सरस्वती रेग्मी ले जानकारी गर्नु भएको थियो। जैविक तटबन्ध ,वृक्षरोपण,,बालविवाह,कुलत सम्बन्धी नाटक छाडा गोरुको रोकथाम, जस्ता कार्य हरु लालझाडी गाउपालिका र निडस् नेपाल को संयुक्त लगानीमा सहयोग गर्नु भएको थियो।अपाङ्ग गरीब तथा असहाय लाई जीविकोपार्जन को लागि नगद आर्थिक सहयोग गरेको निडस नेपाल की सहजकर्ता रेग्मी जानकारी गर्नु भएको थियो। यस्तै किसिमका कार्य हरु लालझाडी गाउँपालिका का सबै वडामा लागू गरिएको थियो ।








