नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ मा लालझाडी गाउँपालिका ले तत्काल को लागि राहत वितरण गरेको छ। हिजो राती १ बजे जंगली हात्ती को बथान ले लालझाडी गाउँपालिका का तीन घर भत्काएको थियो।

लालझाडी गाउँपालिका वडा नं ४ खल्ला जाई बस्ने ठग्गी कडरा,हरिलाल टमटा,र सारदा टमटा को घर पूर्ण रूपमा घर क्षति गरेको थियो। घरमा भएको लत्ता कपडा,भाडाकुडा , अन्नपात सबै नष्ट गरेको थियो।




तत्कालीन राहत को लागि लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी ले १ कट्टा चामल ,१ लिटर तेल,१ केजी नुन, त्रिपाल, आलु ,पिठो ,बाल्टी ,हल्दी लगायत का राहत वितरण गरिएको थियो। तत्कालीन सान्त्वना को लागि सो राहत वितरण गरिएको र अरु घरको क्षति को बारेमा प्रदेश सरकार संग पहल गरेको उपाध्यक्ष सपना चौधरी राना ले जानकारी गराउनु भएको थियो।







