पुनर्वास–लागुऔषधको ओसारपोसार हुने क्षेत्रका रुपमा मानिएको कञ्चनपुरको पुनर्वासबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।मंगलबार साँझ पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी.बाट लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको सिनियर सब–इन्सपेक्टर केशव जोशी, अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का प्रमुख प्रहरी सहायक निरिक्षक मुकेश सिँह र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले लागुऔषधको कारोबारी दुई जनालाई पक्राउ गरेका हुन् ।पक्राउ पर्नेमा पर्सा घर भई धनगढी उपमहानगरपालिका–५, ठेगाना बताउने वर्ष ३० को अमित कुमार वर्णाकार र बेलौरी नगरपालिका–२, टेडुवाकी वर्ष ४३ की सीता देबी चौधरी रहेका छन् ।
उनीहरूको साथबाट प्रहरी टोलीले ११८ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक महेश विक्रम शाहीले बताए ।सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ । यसले सुदुरपश्चिममा नयाँ रेकर्ड बनाएको छ । विशेष सुराकीका आधारमा पक्राउ परेका गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिए ।






