नरेश राना / कञ्चनपुर 

कञ्चनपुरको लालझाडी गाउँपालिका मा रहेको मञ्जरी कृषि सहकारी संस्था लिमिटेड लालझाडी गाउपलिका वडा नं १ नौराँगा को ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम मा सभापति मञ्जरी कृषि सहकारी संस्था लि की अध्यक्ष जानमती चौधरी राना रहनु भएको थियो ।उद्दघाटन समारोहमा कञ्चनपुर जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा  सदस्य तारा लामा तामाङ्ग प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना,मुक्त कमलरी विकास मञ्च जिल्ला अध्यक्ष सीता डगौरा,कृषि सहकारी प्रदेश संघ का अध्यक्ष धर्म सिंह कुँवर रहनु भएको थियो।

स्वागत मन्तब्य मञ्जरी कृषि सहकारी संस्था लि का फिल्ड कर्मचारी कौसिल्य राना ले प्रस्तुत गर्नु भएको थियो। भने आ.बा २०८०/०८१ को आय व्याय प्रतिबेदन मञ्जरी कृषि सहकारी संस्था लिमिटेड की अध्यक्ष जानमती चौधरी राना ले  २ करोड ५ लाख ९९ हजार २१६ रुपैयाँ ३६ पैसा प्रश्तुत गरेकी थिइन्।

प्रमुख अतिथि कञ्चनपुर जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा  सदस्य ले सहकारी को गतिविधि  कार्य समिति ,सहकारी का कर्मचारी को बारेमा प्रष्ट पारेको थियो ,साथै यस संस्था मा जे आबस्यक छ मलाई भन्नु मा बाट हुने पुर्ण सहयोग गर्ने बताउँदै यो सहकारी को सफलता को शुभकामना दिनु भएको थियो। कार्यक्रम मा मुक्त कमलरी का बचत कर्तालाई सम्मान गरिएको थियो।