नरेश राना / लालझाडी 

कञ्चनपुर को लालझाडी गाउँपालिका को कृषि शाखाले ५० % मा कन्ये च्याउ को  बीउ वितरण गरिएको छ। लालझाडी गाउँपालिका  अन्तर्गत रहेको कृषक समूह ,कृषि सहकारी गरी जम्मा ३० समूह लाई च्याउ को बीउ वितरण गरिएको कृषि शाखा प्रमुख दसरथ साउद ले जानकारी गराउनु भएको थियो।

च्याउ वितरण गर्ने क्रममा लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ले कृषक समूह का पदाधिकारी लाई  गत वर्ष पनि च्याउ को बीउ  वितरण गरेका थियो र  मगन्य आम्दानी गरेको पाइएको थियो यो वर्ष पनि पालिका ले  च्याउ खेती बाट  अझै  मगन्य आम्दानी गरेका होस भनेर च्याउ बीउ वितरण गरेको छौ।

बढी भन्दा बढी उब्जनी गरेर व्यापार  व्यवसाय गर्नु भनेर सल्लाह सुझाब पनि दिनु भएको थियो।