नरेश राना / लालझाडी 

कञ्चनपुर को लालझाडी गाउँपालिका को कृषि शाखाले ५० % मा कन्ये च्याउ को  बीउ वितरण गरिएको छ। लालझाडी गाउँपालिका  अन्तर्गत रहेको कृषक समूह ,कृषि सहकारी गरी जम्मा ३० समूह लाई च्याउ को बीउ वितरण गरिएको कृषि शाखा प्रमुख दसरथ साउद ले जानकारी गराउनु भएको थियो।

च्याउ वितरण गर्ने क्रममा लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ले कृषक समूह का पदाधिकारी लाई यो बीउ लागि सकेपछि राम्रो संग लगाउनु र यो तिम्रै लागि हामी पालिका देखि अनुदान दिएका छौ । बढी भन्दा बढी उब्जनी गरेर व्यापार गर्नु भनेर सल्लाह सुझाब दिनु भएको थियो।