नरेश राना / लालझाडी :- कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ सिकल्पती जाई मा हरकिसान राना को गोठ तथा पराल मा आगलागी हुँदा लाखौं को क्षति भएको छ। आगलागी कसरी भयो कसै लाई जानकारी भएको छैन ,घरमा कोई ना हुँदा अचानक आगलागी हुँदा छिमेकी ले धुवाँ निस्केको देखे पछि आसपास का छिमेकी को सहयोग मा आगलागी निभाएको थियो।




गोठ सँगै पराल राखेको ले पराल म आगो लागे पछि गोठमा पनि आगलागी भएको पीडित ले जानकारी गराउनु भएको थियो। आगलागी बाट पराल पुरै जलेको र गोठको खम्मा बल्ली आधा – आधा गरी जलिसकेको पीडित हर किसान राना ले बताउनु भएको थियो। थप आगलागी बाट कुनै जनजीवन को क्षति ना भएको वडा अध्यक्ष बहादुर राना ले जानकारी दिनु भएको छ






