महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा जारि राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका  नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा हेटाैडाका क्षितिज भण्डारी विजेता बनेका छन् । मंगलबार नाै वटै चरणका   खेल सम्पन्न हुदाँ भण्डारी प्रथम भएका हुन् । उनले ७, ५ पाेइन्टस हासिल गरेका हुन् । 

त्यस्तै प्रतियाेगितामा राैतहटका रुपेश जैशवाल दाेस्रो र कैलाली दिर्घराज जाेशीले  तृतीय स्थान हासिल गरेका छन् । 

नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डमा खेलाईएकाे थियाे ।

त्यस्तै र्‍यापिड बुद्धिचाल च्याम्पियनशिप अन्तरगतका खेल मंगलबारबाट सुरु  भएका छन् ।  यसमा ४५ बढि खेलाडीकाे सहभागीता रहेकाे छ । 

र्‍यापिड बुद्धिचाल च्याम्पियनशिप स्विस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रति चालको गरि  नाै राउण्डमा खेलाईने छ । जसमा ६ चरण सम्पन्न भईसकेकाे आयोजकले जनाएकाे छ ।

बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन छन् । 

 नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेकाे प्रतियाेगिता कार्तिक ७ मा समापन हुनेछ ।