कैलाली :- कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहरा गाउँमा मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा धनगढी ७ नं वडा कार्यालयको सहयोगमा रुपक चौधरीको अध्यक्षतामा खुल्ला वडा स्तरीय मनेहरा कप-२०८१ भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. २१ हजार , दोस्रो पुरस्कार रु. ११ हजार , तेस्रो पुरस्कार रु. ५ हजार रहेको छ । प्रतियोगितामा १६ वटा टिम दर्ता भएको छ ।
कार्यक्रममा काभा U-20 बाट नेपाल टिमका खेलाडी अशोक रानालाई आयोजक टिमले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , विशिष्ट अतिथी बासु रानाथारु , विशिष्ट अतिथी धनगढी सन्जिबनी अस्पतालका संचालक सदस्य खडक चौधरी , सरस्वती मा.वि. विद्यालय व्यवस्थापन समिती सदस्य चनकलाल चौधरी , ॐ भुइयामाता युवा मञ्चका अध्यक्ष कल्लु राना , समाजसेवी ,बुद्धिजीवी , खेलाडी , स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतियोगिता कार्तिक ३ गतेसम्म हुने भनेर आयोजक समितिले बताएका हुन ।







