कञ्चनपुर, ३० असोज । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस डडेलधुराको खसरेकाेखानमा गएराति दुर्घटनामा परेको छ । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते हुनु भएको छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।