नरेश राना /कञ्चनपुर

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुली मा रहेको देखतभुली युवा समाजको आयोजनामा प्रथम DYC वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताअसोज २८गते देखि सुरु भएको छ ।

उद्दघाटन समारोहमा कञ्चनपुर जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा  सदस्य तारा लामा तामाङ्ग प्रमुख अतिथि रहनु भएको थियो ,विशिष्ठ अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना,वडा नं ५ का वडा अध्यक्ष पहल बहादुर थापा ,रहनु भएको थियो।

लालझाडी-५ नं. वडा संगको समन्वयमा देखतभुली युवा समाजले आयोजना गर्ने क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना हुन गईरहेको र वडा भित्र रहेका क्रिकेट खेलाडीहरुलाई विशेष अवसर हुने देखतभुली युवा समाजका अध्यक्ष खेम सिह धामीले बताएका छन्। 

देखतभुलि युवा समाजका अध्यक्ष खेम सिह धामीले प्रतियोगिताको विजेता टिमलाई नगद रु ५१ हजार १ सय ५१ रुपैया सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीलाई रु २५ हजार ५ सय ५ रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने बताएका छन्। 

प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बल र फिल्डरलाई समेत पुरस्कृत गरिने आयोजक देखतभुली युवा समाजले जनाएको छ। खेल प्रतियोगिता सहभागी टिमले प्रवेश शुल्क ४ हजार ५ सय ५ रुपैया बुझाउनु पर्ने छ भने लालझाडी-५ स्थित देखतभुलिको  खेल मैदानमा सञ्चालन भई रहेको छ।