नरेश राना / लालझाडी 

कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ खल्ला जाई मा सिंचाई सोलार पम्प को खर्च को सार्वजनिक भएको छ। यम रेड ,mercy corps , नीडस नेपाल लालझाडी गाउँपालिका को संयुक्त लगानी मा आज आईतबार एक कार्यकम बीच  सार्वजनिक गरिएको थियो।

कार्यक्रम मा  बोल्दै प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले हाम्रो लालझाडी गाउँपालिका मा विभिन्न संघ संस्था हरु संग समन्वय गरेर ठाउँ ठाउँमा सोलार पम्प ,कृषि यन्त्र ,विद्युतीय उपकरण उपलब्ध गराउँदै आइरहेका छौ । कार्यक्रम मा निडस नेपाल संस्थाका उपाअध्यक्ष धन बहादुर चौधरी, निडस् नेपाल संस्था का फिल्ड ट्रिनिकल कौशल भण्डारी , लालझाडी गाउँपालिका का उपाअध्यक्ष सपना चौधरी राना,वडा अध्यक्ष बहादुर राना,वडा सदस्य,स्थानीय हरुको उपस्थिति रहेको थियो।

कञ्चन सामुदायीक व्यवस्थापन समिति का सचिव सियानन्द रानाले खर्च को प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो। जसमा लालझाडी गाउँपालिका ले १ लाख ४६ हजार ८३७ रुपैयाँ वडा नं ४ को कार्यलय ले १ लाख १ हजार ९८१ रुपैयाँ ,mercy corps /नीडस  नेपाल / यम रेड ले २ लाख ९८ हजार ९५६ समुदाय को तर्फ बाट १ लाख १ हजार ५५० रुपैयाँ बराबर को टोटल लागत खर्च ६ लाख ४९ हजार ३ सय २४ को सार्वजनिक खर्च गरिएको थियो। कार्यक्रम लाई  needs नेपाल को  अनुगमन तथा मूल्याङ्कन अधिकृत गणेश भूल ले सहजीकरण गर्नु भएको थियो।