नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ र शुक्लाफाँटा नगरपालिका वडा १२ मा रहेको ईटाहा सामुदायीक वन उपभोक्ता समूह को ११ वार्षिक साधारण सभा सम्पन्न भएको थियो।




कार्यक्रम मा समूह का अध्यक्ष वचन सिंह राना को अध्यक्षतामा सभा सम्पन्न भएको थियो।प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका की उपाअध्यक्ष सपना चौधरी राना, वाणी सब डिवीजन बन् कार्यलय प्रमुख करुणाकर जोशी ,cfcc कञ्चनपुर का उपाअध्यक्ष निर्मल भट्ट रहनु भएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य समूह की सचिव उमा कुमारी राना ले प्रस्तुत गरेको थिए। आ बा २०८० / ८१ को वार्षिक प्रतिवेदन समूह का कार्यलय सचिव भरत चौधरी प्रस्तुत गर्नु भएको थियो।जसमा ११ लाख ५७ हजार १ सय ६३ रुपैयाँ बराबर को कारोबार भएको थियो।




प्रमुख अतिथि ले यो सामुदायीक बन् ले काठ दाउरा मात्र ना भै विभिन्न किसिमको आत्मनिर्भर हुने काम को लागि हामी पालिका बाट हुने सहयोग हामी गर्न तयार छौं। कार्यक्रम मा विभिन्न किसिमका सांस्कृतिक नाच हरुको प्रस्तुत गरिएको थियो ।कार्यक्रम स्थानीय समाजसेवी भूपेन्द्र जोरा ले सञ्चालन गर्नु भएको थियो।







