दिनश राना/धनगढी: धनगढी उपमहानगरपालिका वडा नं १० मा संयुक्त राना जनचेतना परिवारको आयोजनामा भव्य रूपमा जुगेडा कप भलिबल प्रतियोगिताको उद्घाटन भएको छ। खेल पर्यटनको विकास साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले यस प्रतियोगिताले विभिन्न समुदायलाई एकै थलोमा ल्याएर सामाजिक सद्भाव कायम गर्न मद्दत गर्ने बताए। साथै, उनले यस प्रतियोगितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयास गर्ने प्रतिबद्धता जनाए।
विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोती राना थारु, नेपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल सिंह राना, धनगढी १० का वडा सदस्य मिलान राना, समाजसेवी राम कुमार राना लगायत अम्पायर, खेलाडी र स्थानीयबासीको उपस्थितिमा भएको उद्घाटन समारोहमा उत्साह थियो।
प्रतियोगिताका मुख्य विशेषताहरू: