भुवनेश्वरी राना/ कञ्चनपुर । आइएमइ लाइफ इन्सोरेन्स कम्पनिका एरिया ब्रान्च मैनेजर प्रेम राना, पुनर्वास र वेलौरी शाखाका स्टापहरुले आज तिज विशेष कार्यक्रम गरि मनाए । उक्त कार्यक्रममा पुनर्वास र वेलौरी शाखाका सम्पुर्ण स्टापहरुले एक अर्कालाई तिजको शुभकामना दिनुभएको थियो । सोहि कार्यक्रममा तिजको दरखाने र नाचगान गरि रमाइलो गरि भव्यताका मनाइयो भनेर एरिया ब्रान्च मैनेजर प्रेम राना बताए । उक्त कार्यक्रममा वेलौरी शाखाकी हिरामोति चौधरी र पुनर्वास शाखाका विरेन्द्र राना लगायत सवै एजेन्सी, एजेन्सी मैनेजर को पनि उपस्थित रहेको थियो ।







