कैलाली। सुदूरपश्चिम प्रदेशका निर्बतमान सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका समाजसेवा राष्ट्रिय पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । सामाजिक एंव राजनैतिक क्षेत्रबाट सुदूरपश्चिमको बिकास, समुन्नति र समृद्धीमा विशेष योगदान पुर्याए बाफत रैका सम्मानित भएका हुन । सुदूरपश्चिमको कला संस्कृति,धार्मिक पर्यटकिय क्षेत्रको बिकास तथा बिस्तार एंव शैक्षिक सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पर्याएको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले निर्बतमान राज्यमन्त्री रैकालाई दोसल्ला,सम्मानपत्र र नगद ११ हजार सहित सम्मान गरेका हुन । कैलाली जनपुस्तकालय द्घारा धनगढीमा आयोजित १७ अौ राष्ट्रिय पुस्तकालय दिवस बिशेष समारोहमा निबर्तमान राज्यमन्त्री रैका सम्मानित भएका हुन ।







