कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ५ देखतभुलि स्थित बैजनाथ सिद्वनाथ मन्दिर प्राङ्गणमा नन्द मा.वि चोक मा पालिका स्तरीय देउडा प्रतियोगिता २०८१ उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यमा मंगलबार कार्यक्रम को उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम मा ५ नं. वडा अध्यक्ष पहल बहादुर थापा, लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, विभिन्न राजनीति दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, देउडिया, स्थानीय बासिन्दाहरुको उपस्थिती देखिएको थियो।










