धनगढी । शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र बेलीमा सुत्केरी हुने महिलाहरुलाई अण्डा,ध्यु,पेन्टी र प्याड निशुल्क उपलब्ध गराउने भएकाे छ । मिति २०८१ भाद्र १ गते देखि शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र धनगढी ७ बेली को बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाइ नेपाल सरकार बाट पाउने सुबिधाको साथै प्रत्येक सुत्केरी लाई आधा केजी घ्यू ,एक क्यारेट अन्डा , पेन्टी र सेनिटरी प्याड थप सुबिधा स्वरुप धनगढी उपमहानगरपालिका वडा न. ७ को वडा कार्यालय द्वारा उपलब्ध गराइयको इन्चार्ज जयकला रावलले बताउनु भएको छ । वहाँले ७ न. वडा कार्यालय लाई हार्दिक धन्यवाद समेत दिनुभएकाे छ ।







