धनगढी। कैलालीको धनगढीमा प्रदेश निजामती सेवा ऐन संसाेधन बिधेयक थारु/राना थारु बिरुद्ध भएकाे दर्ता सम्वन्धि सुदुरपश्चिम प्रदेश सभाको गेट अगाडी धर्ना कार्यक्रम भदौ ४ गते बिहान १० बजे थारु कल्याणकारी सभा , थारुहट थारुवान राष्ट्रिय मोर्चा ,नेपाल रानाथारु समाज , थारु नागरिक समाजको आयोजनामा हुने बताएका छन ।

सुदूरपश्चिम प्रदेश निजामती सेवा, पत्रकार सम्मेलन २०७९ लाई संशोधन गर्न बनाएको बिधेयकमा प्रदेश सभाका माननीय सदस्यहरुको संशोधन प्रस्तावलाइ पन्छाउनुका साथै सम्बन्धित समुदायसँग सामान्य विमर्ष समेत नगरी प्रदेश सरकारद्वारा एकलौटी ढंगबाट अगाडी बढाउने देखिएकोले सुप प्रदेशका मुख्यमन्त्री,

सभामुख, बिधान तथा आन्तरिक मामिला सभापतिहरुमा ज्ञापन पत्र समेत बुझाइएकोमा मिति २०८१।०५।०२ गतेका दिन सो बिधेयक संशोधन हाम्रा मागका विपरित दर्ता भएको र हाम्रा जायत मागहरुको सुनुवाइ हुने कुनै संकेत नदेखिएको हुँदा मिति २०८१।०५।०४ गते १० बजे सुदूरपश्चिम प्रदेशसभा, धनगढीको गेट अगाडी धर्ना कार्यक्रम गर्ने निर्णय गरेका छौ भनेर पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।







