उमेश राना/धनगढी: धनगढी उपमहानगर पालिका वडा नं. ८ स्थित धनगढी गाउँमा रानाथारुको तिज पर्वको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाए । तिज मिलन कार्यक्रमका संयोजक भज्जी रानाको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्रि मननिय नारदमुनि राना रहनु भएको थियो ।

यसै गरि कार्यक्रमका विशिष्टअतिथी पुर्व प्रदेश सदस्य मालालमति राना, धनगढी उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला राना रहनु भएको थियो भने अतिथी धनगढी उपमहानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष जुगराम चौधरी, वडा नं. का वडाअध्यक्ष मोति राना रहनु भएको थियो ।

कार्यक्रममा नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह राना, पुर्व वडाअध्यक्ष लालमनि राना , गाउँका भलमन्सा, अगुवा, समाजसेवी तथा महिला दिदीबहिनीहरुको उपस्थि रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शंकर रानाले गर्नु भएको थियो भने संचालन शिवराज रानाले गर्नुभएको थियो ।

dhangadhi gau

कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् । तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने चलन रहेको छ ।

व्रतालु महिलाहरूले नदी तथा तलाउ किनारमा कुश वा काँसको झुड्की बाँध्दै पूजाआजा गरी पकवान चढाउने गर्दछन् । त्यस लगत्तै नदी तथा तलाउमा झुड्की बगाई आफ्ना दाजुभाइ तथा भतिजाहरू र सपरिवारको उन्नति, प्रगति र दीर्घायुको कामना गर्ने गर्दछन् ।

रानाथारु समुदायले हरेक वर्ष असार शुक्ल पूर्णिमादेखि गाउँका सबैलाई पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ राखेर खेल्ने गर्छन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् । रानाथारु समुदायको बाहुल्यता भएका गाउँहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएका छन् ।

रानाथारु समुदायको तीजका अवसरका आज बुधबार कञ्चनपुर र कैलालीका केही स्थानीय तहहरूले स्थानीय बिदा समेत दिएका छन् ।