संपादकः नन्दलाल राना
कैलाली । धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित मनेहरा गाउँमा रानाथारुको विशेष तिज पर्वको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाए । तिज मिलन कार्यक्रमका संयोजक मथुरा रानाको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्रि मननिय नारदमुनि राना रहनु भएको थियो । वहाँले देश विदेशमा वस्नुहुने सम्पुर्णमा देशवासी, नगरवासी र वडावासीलाई तिज वर्पको शुभकामना दिनुभएको थियो ।

यसै गरि कार्यक्रमका विशिष्टअतिथी धनगढी उपमहानगर पालिकाकी उपप्रमुख कन्दकला राना रहनु भएको थियो । नगर उपप्रमुख रानाले भनिन, “ रानाथारु सामुदायको महात्वपुर्ण पर्व हो सावनको कृष्ण पक्षबाट शुरु भई सावनको शुक्लपक्षको तृतिय तिथी यनि १८ दिन सम्मा यो पर्व मनाउने गर्दछन । गाउँको सार्वजनिक स्थलमा सावनको डोला हाल्छन र साँझ साँझ खाना खाएर सावनको डोलामा पिङ खेल्दै गित गाउदै रमाउदछन ।

यो पर्वमा रानाथारु महिलाहरु निरहार वर्त वसी साँझ ३,४ बजे भाइया, भतिजोको लामो आयुको कामना गर्दै नजिकको नदि वा पोखरीमा झुटकी पोहउने चलन रहेको बताइन ।” भने अर्का विशिष्ट अतिथी धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष मोति राना रहनु भएको थियो । कार्यक्रममा नेपाल रानाथारू समाजका केन्द्रय उपाध्यक्ष कमल सिंह राना गाउँका भलमन्सा, अगुवा, समाजसेवी तथा महिला दिदीबहिनीहरुको उपस्थि रहेको थियो ।

कार्यक्रममा तिजमा पकाउने विभिन्न परिकार सिमहि, पुरी, गुलगुला, पकौडी लगायत पकवान बनाइएको थियो । कार्यक्रमको स्वागत मन्तव्य कल्लु रानाले दिनु भएको थियो भने संचालन निवा रानाले गर्नुभएको थियो ।










