नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ कञ्ज गाउँमा हाट बजार को शुक्रबार उद्दघाटन भएको छ। विगत को दिन जस्तै किसान हरु तरकारी खेती गर्ने किसान लाई सहज होस भनेर हाट बजार खोलिएको हाट बजार ब्यबस्थापन समिति का अध्यक्ष सोमनाथ राना ले जानकारी गराउनु भएको थियो।

शंकरपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेड को आयोजन र लालझाडी गाउँपालिका को सहयोग मा सो उद्दघाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा शङ्करपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेड का अध्यक्ष राम साय राना को सभाध्यक्ष मा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो भने विशिष्ठ अतिथि लालझाडी गाउँपालिका उपाअध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष आशाराम राना , वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना रहनु भएको थियो ।

कार्यक्रम मा स्वागत मन्तब्य हाट बजार ब्यबस्थापन समिति का अध्यक्ष सोमनाथ राना ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विगत को दिन जस्तै किसान हरु तरकारी खेती गर्ने किसान लाई सहज होस साथै प्रतेक शुक्रबार हाट बजार लाग्ने हाट बजार ब्यबस्थापन समिति का अध्यक्ष राना ले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम मा प्रमुख अतिथि यस लालझाडी गाउँपालिका मा कृषि बजारी करण गर्न का लागि जस्तै तरकारी ,फलफूल,माछा मासु जस्ता को हाट बजार द्वारा बजारी करण गर्न सकिन्छ । साथै लालझाडी गाउँपालिका का सबै वडा मा तरकारी संकलन केन्द्र खोल्ने प्लानिङ गर्दै छौ । कार्यक्रम रोजगार शाखा का संयोजक नरेश भट्ट ले सञ्चालन गर्नु भएको थियो।







