नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका मा बहु – उद्येश्य विकास समाज परियोजना को शुभारंभ भएको छ । शुभारंभ कार्यक्रम मा लालझाडी गाउँपालिका का उपाअध्यक्ष सपना चौधरी राना को सभा अध्यक्ष मा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना अतिथि लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की रहनु भएको थियो । कार्यक्रम मा लालझाडी गाउँपालिका का ६ वडा का वडा अध्यक्ष ,वडा सचिव ,सम्बन्धित शाखा का कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

बहुउद्येश्य विकास समाज परियोजना ले यस लालझाडी गाउँपालिका जस्तो दुर्गम ठाउँमा आएर लक्षित वर्गको कानुनी क्रियाकलाप ,प्रहरी प्रशासन, अन्याय मा परेका न्याय मा टेवा पुर्याउने,व्याक्तिगत घटना सामाजिक सुरक्षा ,महिला तथा बालबालिका,घरेलु हिसा मा परेका लाई न्याय समिति मा समावेश गरी सहयोग गर्ने ,

लागु औषत मा फसेका हरु लाई विभिन्न जनचेतना मुलक कार्यक्रम गरी निउनिकरण गर्ने , गरी संघीय कानून मंत्रालय मा समन्वय गरी पालिका संग समन्वय गरी सहयोग गर्ने बहु – उद्येश्य विकास समाज परियोजनाका सामाजिक सहज कर्ता बतासो राना ले जानकारी दिनु भएको थियो।