नरेश राना / कञ्चनपुर :- कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ मा रहेको बल्मी ग्रामीण विद्युत सहकारी संस्था लि को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।साधारण सभा मा बल्मी ग्रामीण विद्युत सहकारी संस्था का अध्यक्ष रोहित सिंह बडाएक सभाध्यक्ष मा सम्पन्न भएको थियो।

भने प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नं १ का को माननिय विर बहादुर थापा, विशिष्ठ अतिथि विद्युत केन्द्रिय सहकारी संघ का अध्यक्ष गोविन्द प्रसाद भट्ट,कञ्चनपुर कैलाली छाता संगठन का सह सचिव माया राम शर्मा लालझाडी गाउँपालिका वार्ड नं ३ का कार्य वाहक अध्यक्ष राम सिंह चौधरी रहनु भएको थियो।

कार्यक्रम मा स्वागत मन्तव्य लछु राना ले स्वागत गर्नु भएको थियो भने कार्यक्रम आय व्यय प्रस्तुत सहकारी संस्था का कोषाध्यक्ष खुसीराम चौधरी ले ३६ लाख ८६ हजार ५ सय ७७ रुपैयाँ ९९ पैसा बराबर को आय व्यय प्रस्तुत गर्नु भएको थियो।विशिष्ठ अतिथि कैलाली कञ्चनपुर छाता संगठन का सह सचिव माया राम शर्मा ले विद्युत सहकारी को विधि विधान नीति नियम को बारेमा प्रष्ट पार्नु भएको थियो।

त्यसै गरी प्रमुख अतिथि प्रदेश माननीय थापा ले हामीले प्रदेश बाट लियाउने बजेट छुट्याई सकेका थियो करण बस यो वर्ष छुट्याउन सकेन यस सहकारी को समस्या लाई मध्यनजर गरेर आउने आर्थिक वर्ष मा सके सहयोग गर्ने वाचा गरिएको थियो। कार्यक्रम लाई स्थानीय महेश चौधरीले सञ्चालन गर्नु भएको थियो।







