नरेश राना/ कञ्चनपुर । कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं १ बिचबा मा लालझाडी मा कृषि यन्त्र उपकरण , हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र महेन्द्रनगर को ५०% अनुदान र लालझाडी धान बृहत तथा विशेष उत्पादन क्षेत्र व्यवस्थापन समिति ५० अनुदान मा ५१ किसान लाई विभिन्न कृषि यन्त्र वितरण गरिएको थियो।लालझाडी धान बृहत तथा विशेष उत्पादन क्षेत्र व्यवस्थापन समिति का अध्यक्ष झेल सिंह राना को अध्यक्ष मा सो कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम मा प्रमुख अतिथि लालझाडी गाउँपालिका का उपाअध्यक्ष सपना चौधरी राना ले हाम्रै पालिकामा यति धेरै ठूलो कार्यक्रम कृषि ज्ञान केन्द्र बाट अनुदान पाएकोमा हामी खुशी छौ र यो कार्यक्रम को पूरा अवधि भर सञ्चालन भएको होस ,आउँदो वर्ष यस्तै कार्यक्रम फेरि हेर्न पाउ कार्यक्रम को सफलता को शुभकामना दिनु भएको थियो। कार्यक्रम मा विशिष्ट अतिथि वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना रहनु भएको थियो।

कार्यक्रम मा स्वागत मन्तब्य तथा सार्वजनिक सुनुवाई समिति का उपाअध्यक्ष नरेश राना ले गर्नु भएको थियो आ, ब,२०८०/२०८१ को अनुदान रकम १९,लाख ४९,हजार ८५० रुपैयाँ कृषि ज्ञान केन्द्र महेन्द्रनगरको र १८ लाख ५८ हजार ८५० रुपैयाँ समिति को अनुदान गरेर जम्मा ३८ लाख ८ हजार ७०० रुपैयाँ रहेको थियो। यो कार्यक्रम ५ वर्ष हुने कृषि ज्ञान केन्द्र का कृषि अनुसन्धान का संयोजक आशिष पाठक ले जानकारी गर्नु भएको थियो। कार्यक्रम कृषि ज्ञान केन्द्र का कृषि अनुसन्धान संयोजक आशिष पाठक ले सञ्चालन गर्नु भएको थियो।