धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका सोडारीलाई प्रदेश प्रमुख नजीर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आज (बिहीबार) प्रदेश प्रमुख मियाँसमक्ष उनले दुईभन्दा बढी दलको समर्थनमा बुहमत पुर्याएर दाबी पेश गरेका थिए ।सोडारीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), आफ्नो दल एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता चौधरी पक्षधर सांसदहरुले समर्थन दिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री सोडारीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । योसँगै सुदूर सरकारको नेतृत्व प्रदेश सभाको पाँचौं ठूलो दलमा गएको छ । प्रदेश सभामा सबैभन्दा ठूला दल नेपाली कांग्रेस रहेको छ । त्यसपघि क्रमशः माओवादी, एमाले, नाउपा र एकीकृत समाजवादी छन् ।
यद्यपी रेशम पक्षका घनश्याम चौधरीले संसदीय दलको नेता आफुरहेको भन्दै प्रदेश प्रमुख मियालाई पत्र बुझाएका छन । उन्मुक्तिका ५ जना प्रदेश सभा सदस्यले मत हाल्ने नहाल्ने विश्वासको मतका बेला मात्रै थाहा हुनेछ । तर ५ जनाले मत नहालेपनि सोडारीको पक्षमा सभामुख बाहेक २७ जनाको समर्थन रहने छ । बहुमतका लागि २७ जना मै आवश्यक पर्छ । यसअघि एमाले पात्र परिवर्तन गर्नुपर्ने अडान राख्दै आएको थियो ।







