नरेश राना / कञ्चनपुर कञ्चनपुर को लालझाडी गाउँपालिका वार्ड नं २ मा रहेको हेभन पर्ल वर्ड एकेडेमी बोर्डिङ स्कूल ले विभिन्न कार्यक्रम सहित १४ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेको छ।वार्षिक उत्सव मा सभापति हेभन पर्ल वर्ड एकेडेमी बोर्डिङ स्कूलका यम डी सोमनाथ राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहनु भएको थियो,

विशिष्ठ अतिथि लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , लालझाडी गाउँपालिका का शिक्षा अधिकृत सिद्धराज भट्ट ,भानु मा. बि. का प्रा. अ शिक्षक ओम प्रकाश राना रहनु भएको थियो भने अतिथि मा सो विद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका,अभिभावक समाजसेवी बुद्धिजीवी को उपस्थिति रहेको थियो ।
वार्षिक उत्सव मा स्वागत मन्तव्य सो विद्यालय की प्रधानाध्यापक बबिता राना स्वागत गर्नु भएको थियो। वार्षिक उत्सव को दिन यस संस्थागत स्कुल ले आफ्ना अभिभावक संग को खेलकुद तथा पढाइ प्रति हुने आफ्ना साना बाबु नानी हरुलाई अलगै किसिमको शिक्षा दिने गरी विभिन्न खेल खिलाई खेल जगत मा भविष्य मा यो लालझाडी गाउँपालिका को एउटा नमुना विद्यालय को रूपमा चिनाउने विद्यालय बनाउने भनी प्रयास गरिएको संस्थाका फाउन्डर सोमनाथ राना ले बताउनु भएको थियो।

कार्यक्रम मा कक्षा १ देखि ७ सम्मा का बिधार्थी हरु लाई प्रथम ,द्वितीय, तृतीय लाई पुरुष्कार वितरण गरिएको थियो भने विद्यालय प्रथम, द्वितीय, तृतीय लाई पनि पुरस्कार वितरण गरिएको प्रा.अ. बबिता राना ले जानकारी गर्नु भएको थियो।वार्षिक उत्सव मा विभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलकुद बाट सम्पन्न भएको थियो।
कार्यक्रम लाई प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले यो विद्यालय ले जुन किसिमको वार्षिक उत्सव मा विद्यार्थी लाई उत्साही र पढाइ प्रति उत्प्रेना का साथ अगाडी बढाइ रहेकोले यस क्षेत्र का बिधार्थी अभिभावक उत्साहित भएको बताउनु भएको थियो ।

विद्यालय मा शिक्षक र शिक्षिका ,विद्यार्थी र अभिभावक को एकदमै सुमधुर सम्बन्ध रहेको विद्यालय ले जानकारी गराउनु भएको थियो। कार्यक्रम लाई शिक्षिका रिता राना ले सञ्चालन गर्नु भएको थियो।







