नरेश राना, लालझाडी ।
कंचनपुरको लालझाडी गाउँपालिका स्थित वडा नं २ को प्राङ्गणमा समाजिक विकृति और लागू औषधके समाजमे जडसे हए नोचन ,संस्कृति इकल्लो नाए अब शिक्षा घैन फिर हए आपनके सोचन ,, भन्ने मुल नाराका साथ तेस्रो खखडेहरा महोत्सव २०८० चैत २७ गते मंगलबार लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना र राना कला संस्कृति संरक्षण तथा विकास मञ्च (RACC-DF) सहकार्यमा हुने बताएका छन ।
संस्कृति बचाउन मात्र नभएर सामाजिक विकृति र लागू औषधको विरुद्ध शिक्षामा जोड दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना हुँदै छ । कार्यक्रममा रानाथारुको होरी नाच , स्थानीय तथा राष्ट्रिय कलाकार र सामाजिक अभियन्ताको उपस्थिति रहने कार्यक्रम संयोजक जगदीश रानाले जानकारी दिएका हुन ।







