धनगढी। शुदुरपश्चिम प्रदेश सरकारले रानाथारु सामुदायले मनाउदै आइरहेको मुख्य पर्व होलीको अन्तिम दिन खख्डेहरा पर्वको उपलक्ष्यमा २०८० चैत १९ गते विदा दिने भएको छ ।
उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।








