काठमाडाैँ । नेपाल रानाथारु युवा समाज द्वारा चैत १७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा हुन गईरहेको खख्डेहरा तथा होरी मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।
नेपाल बहुभाषी, बहु धार्मिक,बहु साँस्कृतिक, बहु जाति भएको एउटा सुन्दर देश हो अनेकता मा एकता हुनु यस देशको सौन्दर्य हो । देशमा रहेका सबै भाषा, संस्कृति, गीतसंगीत, मौलिकता सबैको प्यारो रहने गर्दछ र रहनु पनि पर्छ, र यस्तै संकृतिहरुको सम्मानले नै आत्म सम्मान हुने हुँदा यसले राष्टियता मजबुत हुने गर्दछ र साँच्चै नेपाल अनेकतामा एकता भएको राष्ट्रको रुपमा रहेको छ ।
कला संस्कृतिकको धनी रानाथारु समुदायलाई २०७६ माघ २० गते आदिवासी जनजाति सुचिमा सुचिकृत भए पछि आप्नो पहिचान पाएको हुदाँ पहिलो पटक आप्नो भेष भुजा कला संस्कृति लाई राष्ट्रि तथा अन्तराष्टिय स्तरमा चिनाउने उद्देश्यले नेपाल रानाथारु युवा समाज द्वारा चैत १७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा हुन गईरहेको खख्डेहरा तथा होरी मिलन कार्यक्रम सफल पार्न सम्पुर्णमा अनुरोध गर्नुभएकोछ , विहान १० बजे रत्नपार्कमा जम्मा हुने र झाँकी सहित रानाीपोखरी हुदै प्रभात फेरी गर्दै प्रज्ञा प्रतिष्ठानको भवनमा जाने भएकोले सम्पुर्णलाई उपस्थितको लागि अनुरोध गर्नु भएको छ प्रचार विभाग संयोजक उमेश राना ।वहाँले कैलाली र कञ्चनपुरबाट कलाकार हरु पुगिसकेका छन, अरु साथीहरु भोली आउदै छन भनेर जानकारी दिनु भयाे ।

देशभरका समुदायले फागु पुर्णिमा होली पर्व मनाउने गर्दछन । सुदुर पश्चिम प्रदेशका रानाथारुले सोहि दिन “होली” टिका मनाउने र यसको ८औँ दिन मा “खख्डेहरा पर्व ” मनाउने गर्दछन । रानाथारु सामुदायमा “होली” पर्वलाई महान पर्वको रुपमा मान्दै आइरहेका छन । यो सामुदायले यस पर्वलाई एक महिना आठ दिन ( माघशुक्ल पुर्णिमा देखि फागुपुर्णिमा र त्यस पछि आठ दिन ) सम्मा होली खेलेर मनाउने गर्दछन ।