नरेश राना/ कञ्चनपुर , कञ्चनपुर को बेलौरी नगरपालिका वडा नं ७ को गणेश माध्यमिक विद्यालय को प्राङ्गणमा गणेशपुर मा वडा स्तरीय होरि मिलन और सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो।

संस्कृती बचामय कुरीति हटामय निर्झल समाज बनामय मूल नारा को सँगै कार्यक्रम मा सभापति भलमन्सा पुरन राना प्रमुख अतिथि माननीय दिवान सिंह विष्ट रहनु भएको थियो भने विशिष्ठ अतिथि वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष विश्राम राना ,

अतिथिमा पधना, भलमनशा और समाजसेवी बुद्धिजीवी को उपस्थिति रहेको थियो भने स्वागत मन्तब्य राना थारु पर्व तथा संस्कृति हक हित संरक्षण समिति का सचिव जीत बहादुर राना ले राख्नु भएको थियो। कार्यक्रम मा जम्मा ७ होरि को सहभागिता रहेको थियो। राना थारु चाड पर्व संस्कृति हक हित संरक्षण समिति को आयोजना सो वडा स्तरीय होरि मिलन और सांस्कृतिक कार्यक्रम प्रमुख अतिथि ले यस वडा का वडा अध्यक्ष ले हरेक कुरामा सहकार्य गर्दै विकास लाई अगाडि बढाउनु भएको छ ,दुई कार्यकाल को अन्तराल मा यस वडा को विकास ले यस वडा का जनता हरु एकदम हर्षित छन् ।

साथै यो भन्दा केही समय अगाडि यस वडा मा अगीय घघरीय और चोलो बनाउने तालिम सम्पन्न गरेको थियो भनेर जानकारी गराउनु भएको थियो। कार्यक्रम लाई राना थारु चाड पर्व संस्कृति हक हित संरक्षण समिति का सदस्य अन्त राम राना ले सञ्चालन गर्नु भएको थियो।