नरेश राना, कृष्णपुर । कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं ८ स्थित विचवामा नगर स्तरिय होलि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रम कृष्णपुर नगरपालिकाको आयोजनामा नगर उप-प्रमुख द्रोपती रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरकाका नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथी जिल्ला समन्वय समिति सदस्य जय सिंह विष्ट , कृष्णपुर नगरपालिकाका निवर्तमान नगर उप-प्रमुख रमिता बडायक , वडा अध्यक्ष ,कार्यपालिका सदस्य , वडा सदस्य , नेपाल रानाथारु कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर राना ,भलमन्सा , समाजसेवी , स्थानीय नगरबासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रानाथारु , चौधरी थारु , पहाडी समुदायले एउटै स्टेजमा आफ्नो सांस्कृतिक प्रस्तुतिका साथ होलि विशेष कार्यक्रम भब्य रुपमा मनाएका हुन । कार्यक्रममा चर्चित मोडल रितु चौधरी , पार्वती राना , संजय राना र गायक अमर सिंह रानाको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम संचालन प्रेरणा पाण्डे र सरस्वती रानाले गरेकी थिइन ।